FaceBook YouTube Twitter Donate Now
Nepal Society of the Disabled

कार्यानुभव, प्रगति तथा आयब्याय विवरण र्सार्वजनिककरण

नेपाल अपाङ्ग समाजले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयमार्फत महिला तथा वालवालिका कार्यालय काठमाण्डौको सहयोगमा सञ्चालित सहकारिताको माध्यमबाट अपाङ्गता भएका विपन्न व्यक्तिको स्वरोजगार कार्यक्रमको कार्यानुभव, प्रगति तथा आयव्यय विवरणको सार्वजनिककरण मिति २०७१/०३/३२ गते का.म.न.पा.–३२, अनामनगरस्थित युनियन हाउसको हलमा सम्पन्न भयो ।

उक्त र्कायक्रममा, महिला तथा वालवालीका कार्यालयको सहयोगमा सञ्चालित परियाजनाबाट लाभान्वित रहदैं आएका अपाङ्गता भएका विपन्न व्यक्ति र पूर्ण तथा अति अशक्तका अभिभावकहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रममा कोटेश्वर, जोरपाटी, नयाँ बसपार्क, बल्खु सुकुम्बासी बस्ति, रत्नपार्क कुपण्डोल, भक्तपूर, चावहिल, तिलगंगा, जाउलाखेल लगाएतका क्षेत्रबाट ३४ जना (महिला –१४, पुरुष–२०) को सहभागिता रहेको थियो । कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, अपाङ्गता प्रवद्र्धन शाखा प्रमुख एवं उप सचिव होमकला पाण्डे, महिला तथा बालबालिका कार्यालय काठमाण्डौका प्रतिनिधि सूर्य कुमारी न्यौपानको उपस्थिति रहेकोे थियो । 

अथिथीहरुको आसन ग्रहण र विषयवस्तु माथी प्रकाश पार्दै संस्थाका अध्यक्ष तेज कुमारी तिवारीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने स्वागत भाषण संस्थाका कोषाध्यक्ष रश्मिना शेर्पाले गर्नु भएको थियो ।  उक्त कार्यक्रममा, संस्थाका माहासचिव ओम पुनले संंस्थागत कार्यानुभव, महिला तथा वालवालिका कार्यालय अन्तर्गतको परियोजनाको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने लेखापाल अंगुरा कोईरालाले परियोजना अन्तर्गतको आयब्याय विवरण पेश गर्नु भएको थियो । त्यसपछि र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि र परियोजनाबाट लाभान्वित ब्यक्तिहरु बीच प्रश्न उत्तर तथा छलफल सञ्चालन भएको थियो । कार्यक्रममा विपन्न अवस्थाका अपाङ्गता भएका ब्यक्तिहरुसंग महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, अपाङ्गता प्रवद्र्धन शाखा प्रमुख होमकला पाण्डे र महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि सूर्य कुमारी न्यौपानेले मन्तव्य व्यक्त गर्दै स्वरोजगार कार्यक्रमलाई विपन्न अवस्थाका अपाङ्गता भएका ब्यक्तिसमक्ष पु¥याउने प्रतिवद्धता राख्नु भएको थियो । अन्तमा, उपस्थित अथिथी र सहभागीहरुलाई धन्यवाद सहित कार्यक्रमको समापन संस्थाका उपाध्यक्ष राम चन्द्र कार्कीले गर्नु भएको थियो ।


Posted Date : 2014-07-31 11:02:52

Other News