FaceBook YouTube Twitter Donate Now
Nepal Society of the Disabled

अपाङ्गता समाबेशी समुह गठन

मिति २०५१ साल पौष १७ गतेका दिन, नेपाल अपाङ्ग समाजको आयोजना र महिला तथा वालवालिका कार्यालय काठमाण्डौको साझेदारीमा सञ्चालित “सहकारीताको माध्यमबाट विपन्न अवस्थाका अपाङ्गता भएका ब्यक्तिको स्वरोजगार कार्यक्रम” अन्तर्गत सुकुम्बासी बस्ति बल्खुमा अपाङ्गता भएका व्यक्ति र पूर्ण तथा अति असक्तका अभिभावकको भेला गरी  जकैया श्रेष्ठको अगुवाईमा बल्खु अपाङ्गता समाबेशी समुह गठन भयो । 

२३ जनाको उपस्थिति रहेको उक्त भेलामा संस्थाका अध्यक्ष तेज कुमारी तिवारी, महासचिव ओम पुन र कोषाध्यक्ष रश्मिना शेर्पाले महिला तथा वालवालिका कार्यालय अन्तर्गतको कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । भेलाले अपाङ्गता भएका अति विपन्न अवस्थाका ब्यक्ति र उनका अभिभावकहरु गरी १० जनालाई महिला तथा वालवालिका कार्यालय अन्तर्गतको कार्यक्रमको लागी लक्षित वर्गमा छनोट गरेको छ ।

 


Posted Date : 2015-01-12 04:38:43

Other News